आइतबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

हेटौंडा टुडे
२०८२ मंसिर २१, आईतवार ११:१२ गते

हेटौंडा। आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको छ भने चाँदी तोलाको ५० रुपैयाँले महंगो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा झरेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ रहेको थियो ।

त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ६०५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । गत शुक्रबार चाँदी प्रतितोला ३ हजार ५५५ रुपैयाँका दरले खरीद–बिक्री भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*