आज सुनचाँदीको मूल्य बढ्यो

हेटौंडा टुडे
२०८२ मंसिर २४, बुधबार ११:१६ गते

हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २०० रुपैयाँ र चाँदी १५० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५० रुपैयाँले बढेर ३ हजार ७५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*