सुनचाँदीको मूल्य आज फेरी बढ्यो

हेटौंडा टुडे
२०८२ पुष २, बुधबार ११:२० गते

हेटौंडा । बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ५९ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ बढेको हो। मंगलबार सुन प्रतितोला दुई लाख ५९ हजार रूपैयाँमा किनबेच भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। मंगलबार तोलामा तीन हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार ५५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ७० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*