आज तोलामा ५५ सयले बढ्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ पुष ८, मंगलवार ११:१३ गते

हेटौंडा । आज पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य तोलाको २ लाख ७५ हजार २ सय रुपैयाँ तोकिएको छ, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो । यसअघि सोमबार सुनको मूल्य २ लाख ६१ हजार ७ सयमा कारोबार भएको थियो । सोमबारको तुलनामा आज मंगलबार सुन तोलामा ५ हजार ५ सय रुपैयाँले बढेको हो । आइतबार आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार ४ हजार २३५मा कारोबार भएको चाँदीको मूल्य आज तोलाको ४ हजार २५५ रुपैयाँ तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*