आज फेरी बढ्यो सुनचाँदीको मूल्य

हेटौंडा टुडे
२०८२ पुष ११, शुक्रबार ११:१८ गते

हेटौंडा । शुक्रबार नेपाली बजारमा फेरि सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको सुनचाँदीको मूल्य आज फेरि बढेको हो । आज सुन तोलाको १ हजार ८०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य १६५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १६५ रुपैयाँले बढेर ४ हजार ५६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*