हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ हजार ९ सय रूपैयाँले घटेर २ लाख ६२ हजार १ सयमा झरेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ७० हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ३ सय ५ रूपैयाँले घटेर चाँदी ४ हजार ५ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्






















