मकवानपुरमा पुरुष लक्षित भ्यासेक्टोमी शिविर सम्पन्न

हेटौंडा टुडे
२०८२ पुष १५, मंगलवार २०:३७ गते

हेटौँडा /  पुरुषहरूका लागि परिवार नियोजनको स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) सेवा प्रदान गर्ने उद्देश्यले मकवानपुरमा आयोजना गरिएको एक दिने भ्यासेक्टोमी शिविर सम्पन्न मंगलबार हेटौंडामा सम्पन्न भएको छ। नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाको प्राविधिक सहयोग तथा जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा मङ्गलबार नेपाल परिवार नियोजन संघ मकवानपुर शाखा कार्यालयमा शिविर सञ्चालन गरिएको हो।
शिविरमार्फत २० जना पुरुष सेवाग्राहीले सुरक्षित तथा निःशुल्क रूपमा भ्यासेक्टोमी सेवा प्राप्त गरेका छन्। नेपाल परिवार नियोजन संघ मकवानपुरका अनुसार परिवार नियोजनमा पुरुष सहभागिता बढाउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। संघले भ्यासेक्टोमी सुरक्षित, सरल र प्रभावकारी स्थायी परिवार नियोजन विधि भएको भन्दै इच्छुक दम्पतीलाई सही जानकारीका आधारमा सेवा लिन आग्रह गरेका छ। यस्ता शिविरले आकश्मिस गर्भधारण न्यूनीकरण गर्नुका साथै मातृ तथा शिशु स्वास्थ्य सुधारमा टेवा पुग्ने परिवार नियोजन संघ मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*