हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । आज सुनको मूल्य १ हजार ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार सोही सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँमा करोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्






















