आइतबार सुनको मूल्य सामान्य बढ्यो

हेटौंडा टुडे
२०८२ माघ ४, आईतवार ११:१७ गते

हेटौंडा । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।

शुक्रबार प्रतितोला सात सय रूपैयाँ बढेको सुनको भाउ आइतबार प्रतितोला ६ सय रूपैयाँ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार आठ सय रूपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ७७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ। शुक्रबार तोलामा पाँच हजार ६ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार ६ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*