झापा ५ मा बालेन र ओली बीच रोचक प्रतिस्पर्धा

हेटौंडा टुडे
२०८२ माघ ६, मंगलवार १४:०२ गते

हेटौंडा । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ ले सबैको ध्यान तानेको छ । सो निर्वाचन क्षेत्रबाट  नेकपा एमालेका अध्यक्ष केपी ओलीले आठौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आज झापा ५ बाट उम्मेदवारी दर्ता गराइसकेका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गराएका छन्।

जेनजी आन्दोलनको  क्रममा सत्ता गुमाएका ओलीलाई यो पटक निर्वाचनमा काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन शाहले चुनौती दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता रहेका बालेनले संसदीय निर्वाचनमा ‘डेब्यू’ गर्न लागेका हुन् । देशमा चार पटक प्रधानमन्त्री भइसकेका ओली २०४८ सालदेखि लगातार त्यही क्षेत्रबाट उठ्दै आएका छन् ।

२०७९ को निर्वाचनमा ओली ५२ हजार ३१९ मतसहित निर्वाचित भएका थिए । त्यतिबेला ओलीले राप्रपासँग चुनावी तालमेल गरेका थिए । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए । कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो ।

रास्वपाले बालेन र एमाले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । यो निर्वाचन क्षेत्रमा ओली र बालेनको भिडन्तलाई चासोका साथ हेरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*