एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो, तोलाको ३ लाख नजिक

हेटौंडा टुडे
२०८२ माघ ७, बुधबार ११:१२ गते

हेटौंडा । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। बुधबार एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले बढेसँगै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, महासंघले बुधबारका लागि १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार रुपैयाँ तोकेको छ। मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ८५ रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार चाँदी तोलामा ५ हजार ९२० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो। १० ग्राम चाँदीको मूल्य भने ५ हजार ७६ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव, अमेरिकी डलरको विनिमय दरमा आएको परिवर्तन तथा भूराजनीतिक तनावका कारण सुनचाँदीको मूल्यमा प्रभाव परेको महासंघले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*