देशभर ४९ जनाले फिर्ता लिए उमेदवारी

हेटौंडा टुडे
२०८२ माघ ९, शुक्रबार १५:३८ गते

हेटौंडा ।  आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मनोनयनपत्र दर्ता गराएका मध्ये ४९ जनाले उमेदवारी फिर्ता लिएका छन् ।

शुक्रबार (माघ ९) आयोजित पत्रकार भेटघाटमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विभिन्न दल र स्वतन्त्र रूपमा मनोनयनपत्र दर्ता गराएका ४९ जनाले उमेदवारी फिर्ता लिएका जानकारी दिए ।

देशका विभिन्न क्षेत्रबाट उमेदवारी फिर्ता लिनेमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), उज्यालो नेपाल पार्टीलगायत दलका तर्फबाट मनोनयनपत्र दर्ता गराएका व्यक्तिहरू छन् । केही स्वतन्त्र व्यक्तिले पनि उमेदवारी फिर्ता लिएका उनले जानकारी दिए ।

२१ फागुनमा प्रतिनिधिसभाका ११० समानुपातिक र १६५ सिटमा प्रत्यक्षतर्फको निर्वाचन हुँदै छ। त्यसमध्ये १३ र १४ पुसमा समानुपातिकको बन्दसूची दलहरुले बुझाएका थिए । ६ माघमा देशभर प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गरिएकामा उम्मेदवारी फिर्ता गर्ने समय शुक्रबार तोकिएको छ ।

हालसम्म पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहित ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*