सुनको मूल्य हालसम्मकै उच्च, बनायो नयाँ रेकर्ड

हेटौंडा टुडे
२०८२ माघ ११, आईतवार ११:१३ गते

हेटौंडा । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार दुई हजार चार सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा तीन लाख एक हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ६ हजार ४८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*