मंगलबार सुनचाँदीको मूल्य बढ्यो

हेटौंडा टुडे
२०८२ माघ २०, मंगलवार ११:१५ गते

हेटौंडा । मंगलबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । दुई दिन भारी मूल्यले घटेको सुनको मूल्य आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँले बढेको हो । यससँगै मंगलबार छापावाल सुन तोलामा २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको हो । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*