हेटौंडा । नेकपा एमालेले आज प्रतिनिधि सभा निर्वाचन २०८२ को घोषणापत्र सार्वजनिक गर्दै छ। आज सवा १२ बजे घोषणापत्र सार्वजनिक गरिने एमालेले जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्नेछन्। घोषणापत्रमा आधारित “समृद्धिको बहस” कार्यक्रमको समेत आयोजना गरिएको छ।
एमालेका अनुसार घोषणापत्रमा ‘समृद्ध नेपाल’ निर्माणलाई मुख्य एजेन्डाका रूपमा अघि सारिनेछ। सुशासन प्रवद्र्धन, रोजगारी सिर्जना, सामाजिक न्याय सुनिश्चितता तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको जनाइएको छ।
आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्यसहित रणनीतिक कार्यक्रमहरू सार्वजनिक गरिने एमालेले जनाएको छ।
सेयर गर्नुहोस्






















