शुक्रबार सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

हेटौंडा टुडे
२०८२ फाल्गुन १५, शुक्रबार ११:३४ गते

हेटौंडा । सुनको मूल्य आज (शुक्रबार) घटेको छ। चाँदीको मूल्य भने बढेको छ। सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ३ लाख १४ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुनको मूल्य ६ सय रुपैयाँ बढेर तोलाको ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी भने शुक्रबार तोलामा १५ रुपैयाँ बढेर ५ हजार ७ सय ४० रुपैयाँ पुगेको छ। बिहीबार तोलामा १० रुपैयाँ बढेर चाँदी तोलाको ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*