बुटवल–नारायणगढ सडक अवरुद्ध : ३ दिनदेखि यात्रु र चालकहरू बाटोमै अलपत्र

हेटौंडा टुडे
२०८२ चैत्र ८, आईतवार १२:५७ गते

हेटौंडा । बुटवल–नारायणगढ सडकखण्ड शुक्रबार देखिको बर्षाका कारण पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडक हिलो र चिप्लो भएपछि यातायात प्रभावित भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वर्षा रोकिए पनि सडकमा जमेको हिलो र पहाडबाट बग्ने लेदोका कारण सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ । घिउखोला र विश्वकर्मा मन्दिर आसपासको उकालोमा सवारी चिप्लिएर बीचमै रोकिने अवस्था छ ।

पूर्वबाट पश्चिम जाने सवारी चल्न नसकेको र पश्चिमबाट पूर्वतर्फका सवारी सीमित रूपमा मात्रै सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । सडक विस्तारको काम भइरहेकाले सामान्य वर्षामा पनि दाउन्ने खण्डमा अवरोध हुने समस्या दोहोरिँदै आएको छ। अवरुद्ध सडक खुलाउन मर्मतको काम जारी रहेको आयोजनाले जनाएको छ ।

यसैबीच, नारायणघाट–बुटवल सडक योजना कार्यालयले चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ः०० देखि बिहान ५ः०० बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । हाल साना तथा आकस्मिक सेवाका सवारीसाधनसमेत प्रभावित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*