हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र मट्टीतेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको हो ।
अब पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ ।
निगमले यस अघि पनि डिजेल र मट्टीतेलमा १० र पेट्रोलमा १५ रुपैया बढाएको थियो ।
सेयर गर्नुहोस्






















