हेटौंडा कपडा उद्योग पुन: सञ्चालनमा ल्याउन मन्त्री गौरी कुमारी यादवद्वारा स्थलगत निरीक्षण

हेटौंडा टुडे
२०८३ जेष्ठ १०, आईतवार १०:१२ गते

हेटौंडा। लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारले तयारी अगाडि बढाएको छ। उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन तथा आवश्यक पूर्वतयारीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

मन्त्री यादवले हेटौँडा कपडा उद्योगको प्रशासकीय भवन, धागो उत्पादन कक्ष, कपडा उत्पादन कक्षहरू तथा उपकरणहरूको वर्तमान अवस्थाका बारेमा हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक सङ्गीता कुँवरबाट जानकारी लिनुभयो ।

मन्त्री यादवले सरकारले बन्द रहेकोे हेटौँडा कपडा उद्योग दीर्घकालीन रूपमा सञ्चालन गर्नेगरी आवश्यक स्रोतसाधन परिचालन गर्ने तयारी गरिरहेको सम्बन्धित सरोकारवाला पक्षहरूलाई जानकारी दिनुभयो ।

उक्त उद्योग निरीक्षणका क्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउत, उच्च अधिकृतहरू, हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रबन्धक सङ्गीता कुँवर तथा मकवानपुर क्षेत्र नं १ का सांसद प्रकाश गौतम पनि उपस्थित हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*