आइतबार घट्यो सुनचाँदीको मूल्य

हेटौंडा टुडे
२०८३ जेष्ठ १०, आईतवार १०:५९ गते

हेटौंडा। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा २ हजार ८ सय रुपैयाँको गिरावट आएको हो ।

आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय १५ रुपैयाँ थियो । गत शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १ सय ५ रुपैयाँले घटेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*