रास्वपाले सार्वजनिक गर्‍यो महाधिवेशन तयारी कार्यतालिका

हेटौंडा टुडे
२०८३ जेष्ठ १०, आईतवार १५:५८ गते

हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारीसम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ।आयोगले प्रदेश तथा जिल्ला समितिका सभापतिहरूलाई पत्राचार गर्दै महाधिवेशन तयारीका कामहरू निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएको हो।सो कार्यतालिकाअनुसार अनुसार निर्वाचन समिति गठन, प्रतिनिधि नामावली पेस, अधिवेशन प्रतिवेदन संकलनलगायत कार्यहरू समयसीमाभित्रै सम्पन्न गरिने जनाएको छ।

आयोगका अनुसार यसका कार्यहरू जेठ ७ बाटै सुरु भइसेको छ। ७७ जिल्ला तथा सातै प्रदेशमा निर्वाचन समिति गठन गर्ने समयसीमा जेठ १५ सम्मका लागि तोकिएको छ।

त्यस्तै जेठ १० सम्म आधिकारिक परिपत्र तथा माइन्यूट प्रतिलिपि पठाउने, जेठ २० सम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन, जेठ २५ सम्म महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने, ३० सम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेस गर्ने, असार ५ सम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेस, इलेक्ट्रोनिक भोटिङ मेसिसम्बन्धी छलफल गरिसक्नुपर्ने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*