‘लालीबजार’को बक्सअफिस उछाल, ८ करोड कमाइ

हेटौंडा टुडे
२०८३ जेष्ठ १८, सोमबार १६:१६ गते

हेटौंडा । नायिका स्वस्तिमा खड्काको मुख्य भूमिकामा रहेको फिल्म ‘लालीबजार’ले बक्सअफिसमा ८ करोड नजिकको ग्रस कलेक्सन गरेको छ।  चलचित्र विकास बोर्डले १६ गते शनिबार मध्यरातसम्मको सार्वजनिक गरेको बक्सअफिस रिपोर्टमा फिल्मको आम्दानी ७ करोड ९० लाख ३१ हजार ४६७ रुपैयाँ ग्रस छ । फिल्मले आइतबारसम्म ८ करोड १ लाख बढी व्यवसाय गरेको निर्माण युनिटले जनाएको छ ।

सार्वजनिक बिदाका दिनहरूमा दर्शकको चाप बढ्दा फिल्मको व्यापार उल्लेखनीय रूपमा उकालो लागेको बताइएको छ। विशेषगरी पछिल्लो साता मात्रै फिल्मले ३ करोड १७ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै अहिलेसम्मकै उच्च साप्ताहिक कमाइ गरेको छ।

रवीन्द्रसिंह बानियाँ अभिनीत यस फिल्मलाई यम थापा ले लेखन तथा निर्देशन गरेका हुन्। षट्कोण आर्ट्सको ब्यानरमा बनेको ‘लालीबजार’ हालसम्मकै राम्रो व्यापार गर्ने नेपाली फिल्ममध्ये एक बन्दै गएको देखिन्छ।

फिल्म वैशाख २५ गतेबाट प्रदर्शनमा आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*