हेटाैडा । लाेपाेन्मुख एव संरक्षित सूचीमा रहेकाे सालक आज भोलि मकवानपुरको मकवानपुरगढी गाउपालिका तिर पनि ब्यापक रुपमा देखा पर्ने थालेको छ । रातकाे समयमा आहारकाे खाेजीमा हिड्ने लज्जालु सालक कहिले घरमा, कहिले सडकमा त कहिले खेतबारीमा भेटिने गरेकाे छ । यो संगै आज मकवानपुरगढी- ३ मा भेटिएका सालकलाई स्थानीयले ईलाका प्रहरी कार्यालय , मकवानपुरगढिमा बुझाएका छन् । कार्यालयका प्रहरी निरिक्षक धर्मेश कुमार यादवले उक्त सालक रानी सामुदायिक वनका कार्यसमिति सदस्य केदारप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नु भएकाे थियाे ।
भेटिएको उक्त सालकलाई रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा निर्माण गरिएको सालक केजमा हेटाैडा उपमहानगरपालिका वडा नं ६ का वडा सदस्य विजय पाैडेल, वन समूहका उपाध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, सदस्य केदारप्रसाद अधिकारी, लेखा संयाेजक राजकुमार फुयाल, सालककाे बारेमा अनुसन्धान गरिरहेका विधार्थी समिक विष्ट, कार्यालय सचिव भीमसेन पाैडेलकाे राेहवरमा छाडिएको छ । यश अघि पनि समूहले बैशाख १० गते र जेष्ठ १० गते भेटिएको सालकलाई सालक केजमा छाडेकाे थियाे ।
आज भेटिएको बच्चा सालक ३ किलाे ६५० ग्रामकाे रहेको थियाे । बनले विगत २० वर्षदेखि सालककाे संरक्षण गर्दै आएकाे छ भने भेटिएका सालकलाई आफनाे वनक्षेत्रमा सालककाे केज बनाई संरक्षण गर्दै आएको वनका सचिव भिमसेन पौडेलले बताए ।





















