बुधबार यी मुख्य राजमार्ग छन अवरुद्ध

हेटौंडा टुडे
२०८३ जेष्ठ २०, बुधबार १०:१८ गते

हेटौंडा । नेपाल प्रहरीले बुधबार बिहान ८ बजेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै देशका विभिन्न मुख्य राजमार्गहरु बाढी, पहिरो र सडक मर्मतका कारण अवरुद्ध भएको जनाएको छ ।

काठमाडौँ उपत्यकासहित कोशी र बागमती प्रदेशका महत्त्वपूर्ण सडक खण्डहरु प्रभावित हुँदा यात्रु तथा सवारी चालकहरुलाई समस्या भएको हो ।

बागमती प्रदेशअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ र ४ महालक्ष्मीमा सडक मर्मत भइरहेकाले कुलेखानी-फाखेल-हुमाने-फर्पिङ-काठमाडौं सडक खण्ड पनि पूर्ण रुपमा अवरुद्ध छ । जेठ १५ गतेदेखि बन्द भएको यो बाटो पनि मर्मत पूरा गर्न ‘एक महिना बन्द हुने’ जनाएको छ।

यसैगरी, काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने दुई महत्वपूर्ण वैकल्पिक सडकहरु मर्मतका कारण लामो समयका लागि बन्द भएका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका-९ देउराली देवीस्थानमा गत जेठ १६ गते बेलुका ५ बजे गएको पहिरोका कारण सतुङ्गल-चित्लाङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक मर्मतको कार्य सुरु गरिएकाले यो बाटो ‘एक महिना बन्द हुने’ प्रहरीले जनाएको छ ।

बागमती प्रदेशको काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गमा भने सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा कडाइ गरिएको छ । गत वैशाख २२ गते बेलुका ५ बजेदेखि खुर्कोट-नेपालथोक-कटुञ्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरुलाई यो सडक खण्डमा चलाउन निषेध गरिएको प्रहरीको विवरणमा जनाइएको छ ।

राजमार्ग अवरोधसम्बन्धी थप अद्यावधिक जानकारी र विस्तृत विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा राखिएको सूचनामार्फत हेर्न सकिनेछ ।

715472123_1309549651307555_2279575450758270267_n

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*