नेकपा र नेपाली काङग्रेस मकवानपुरलाई स्वतन्त्र जनदबाब अभियानले ज्ञापनपत्र हस्तान्तरण

हेटौडा टुडे
३० जेष्ठ २०७७, शुक्रबार ११:४६

जेठ ३०, हेटौंडा

गत जेठ १० गते पश्चिम रुकुम चौरजहारी ८ सोतीमा घटेको सामुहिक हत्याकाण्डको बिरुद्धमा हेटौडाको बुद्ध चोकमा ५ दिने हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रमको अन्तिम दिन नेकपा मकवानपुर र नेपाली काङ्ग्रेस मकवानपुरलाई स्वतन्त्र जनदबाब अभियानले ज्ञापनपत्र बुझाएको छ । रुकुम चौरजहारीमा भएको सामुहिक हत्या काण्डका दोषीहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै आज स्वतन्त्र जनदबाब अभियानका संयोजक अनिलकुमार खातीले नेकपा मकवानपुरका नेता ओम ग्लानलाई स्वतन्त्र जनदबाब अभियानको ज्ञापनपत्र बुझाउनु भएको हो ।यसैगरी नेपाली काङ्ग्रेस मकवानपुरका नेता गोपीलाल बिश्वकर्मालाई ज्ञापन पत्र बुझाइएको हो।

ज्ञापन पत्र बुझ्दै ओम ग्लानले दोषीमाथि कारवाही गराउन आफुले पहल गर्ने बताउनु भयो। साथै उहाले नेकपा मकवापुर यो घटनामा पिडितहरुको साथमा रहेको पनि प्रष्ट पार्नु भयो । उहाले समाजमा यस्ता दुखद घटना हुन नदिन राजनीतिक जागरणको अभियान शुरु गर्नुपर्ने बताउनुभयो । यता नेपाली काङग्रेसका नेता गोपीलाल बिश्वकर्माले सरकारले दोषीहरुलाई कारवाही गर्न आलटाल गरीरहेकोले देशब्यापी रुपमा यसको बिरोध गरीरहेको बताउनु भयो । नेपाली काङ्ग्रेस मकवानपुर यस्ता बिभेदका बिरुद्दमा सधै रहेको बताउनु भयो ।
सम्बन्धित सरोकार निकायहरुलाई ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउंदै जाने अभियन्ता भुमिनन्द गौतमले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*