गढि गाउपालिकामा बसाई सराई गरि आउने ३ परिवारले पाए प्रोत्साहन स्वरुप ५० हजार अनुदान

हेटौंडा टुडे
२ असार २०७७, मंगलवार १०:४०

जेठ २ , हेटौडा

मकवानपुरगढी गाउँपालिकाद्धारा बसाइँसरार्इ गरि आउने प्रती परिवारलाई अनुदान रकम स्बरुप रु ५० हजार वितरण गर्ने भएको छ ।
मकवानपूरगढि गाउपालिका भित्र जुनसूकै ठाउँबाट पालिकाको जुनसुकै वडाभित्र बसाइँसराइ भई आएमा प्रती परिवार अनुदान रकम स्बरुप रु ५० हजार वितरण गर्ने भएको हो ।

हिजो पालिकामा एक कार्यक्रमबिच अन्यन्त्र ठाउबाट बसाई सराई गरि आएका ३ परिवारलाई प्रोत्साहन अनुदान रकम स्बरुप प्रति परिवार रु ५० हजार वितरण गराएको छ । बसाई सराई गरि आउनेमा अमृता योन्जन नवलपरासी जिल्लाबाट , रामबहादुर तामाङ बारा जिल्लाबाट र प्रेमनाथ दाहाल काभ्रे जिल्लाबाट आएकाहरुलाई कृषि तथा पशुपालन क्षेत्रमा लाग्न पालिकाको कृषि विकास कार्यक्रम अन्तर्गत जनही ५० हजारको चेक उपलब्ध गराइएको थियो । पालिकाले चालु आर्थिक वर्षमा अन्य जिल्ला वा स्थानीय तहबाट यस पालिकामा बसाइँसराइ भई आएमा प्रति परिवार रु। ५० हजार अनुदान बापत उपलब्ध गराउने नीति तथा कार्यक्रम मार्फत घोषणा गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*