कतारमा ८० हजार कोरोना संक्रमित डिस्चार्ज

हेटौडा टुडे
१५ असार २०७७, सोमबार २३:३८

१५ असार, कतार

कतारमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका ८० हजार १ सय ७० जना डिस्चार्ज भएर घर फर्किएका छन् । क्वारेन्टाइनबाट डिस्चार्ज हुनेमा कोरोना पोजेटिभ र नेगेटिभ दुबै रहेका छन् । पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्ग निर्देशन अनुसार उपचार बिधि अपनाइएको छ । सोमवार मात्रै १४ सय ६८ जना संक्रमित निको भएर घर फर्केका छन् ।

कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६ जनाको जाँच गर्दा ६ सय ९३ जना नयाँ संक्रमित फेला परेका छन् । यससँगै कतारमा संक्रमितको संख्या ९५ हजार १ सय ६ पुगेको छ । कतारको स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङक अनुसार एक सातादेखि कतारमा नयाँ संक्रमित देखिने दर घटेको छ । कतारमा कोरोना भाइरस संक्रमणका कारण सोमवार तीन जनाको मृत्यु भएको छ । ५९ बर्षीय, ६३ बर्षीय र ८१ बर्षीय नागरिकको मृत्यु भएको हो । यो संगै कतारमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय १३ पुगेको छ ।

१४ हजार ८ सय २३ जना कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा अहिले सम्म ३ लाख ५२ हजार ६ सय ५९ जनाको कोरोना जाँच भएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ ।कतारमा कोरोना संक्रमित मध्ये ९ सय १४ जनालाई अस्पतालमा राखेर उपचार भईरहेको छ भने पछिल्लो २४ घण्टामा ९३ जना अस्पताल भर्ना भएका छन । त्यस्तै आइसियूमा राखेर २ सय ३ जनाको उपचार भईरहेको मध्ये पछिल्लो २४ घण्टामा ९ जना थपिएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जानकारी दिएको छ । संक्रमित मध्ये धेरैजसो आप्रवासी नागरिकहरु छन् । कतार सरकारले कुन देशका संक्रमित नागरिक कति रहेको छ भन्ने तथ्याङक भने सार्वजनिक गरेको छैन । हाल कतारमा करिव ३ लाख ५० हजार नेपाली रहेको छन् ।

तस्विर सौजन्यः नेपाली राजदूतावास दोहा कतार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*