एक शव सहित कतारबाट १ सय ४८ नेपाली लिएर नेपाल एयरलाइन्स फर्कियो

हेटौडा टुडे
१५ असार २०७७, सोमबार २३:४१

१५ असार, कतार

कतारबाट उद्दार उडान मार्फत एक जना नेपालीको शव सहित १ सय ४८ जना नेपाली लिएर नेपाल वायुसेवा निगमको जहाल दोहाबाट स्वदेश फर्केको छ । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको चौथो उडान मार्फत सामाजिक अभियान्ता तथा सफल व्यवसायी प्रकाश गुरुङको शव सहित ३२ जना महिला र १ सय १६ जना पुरुष लिएर जहाज स्वदेश फर्केको हो ।

कतारको दोहा स्थित हमाद अन्र्तराष्ट्रिय विमान स्थलबाट नेपाल वायु सेवा निगमको आरए २३९२ को उडानबाट मार्फत प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई उद्दार उडान मार्फत लगिएको थियो । उनीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नका लागि दूतावासका प्रतिनिधिहरु पुगेका थिए ।

तस्विर सौजन्यः नेपाली राजदूतावास दोहा कतार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*