बढ्यो अमेरिकी डलर, युएइ दिराम र मलेसियन रिँगिटको भाउ, हेर्नुहोस् विनिमयदर

टुडे संवादाता
२७ असार २०७७, शनिबार ११:५७

असार २७,काठमाडौँ /शनिबार अमेरिकी डलरसहित युएइ दिराम र मलेसियन रिँगिटको भाउ पनि बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार  एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ६३ पैसा तोकिएको छ ।

एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २७ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८९ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९१ रुपैयाँ ७८ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १८ रुपैयाँ २९  पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १९ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३२ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १३ तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४ पैसा तोकिएको छ । त्यस्तै आज एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८४ पैसा तोकिएको छ।

त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३५ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रिदर १ सय ३६ रुपैयाँ २१  पैसा रहेको छ। एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ १३ पैसा  तोकिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*