कतारले सार्वजनिक गर्‍यो ४० कम जोखिमका देशहरुको सूची

हेटौंडा टुडे
७ श्रावण २०७७, बुधबार २१:४४

कतार / कतारले अगस्ट १ देखि कतार आउन पाउने कोभिड–१९ कम जोखिम भएका ४० देशहरुको सूची सार्वजनिक गरेको छ । कतारले सार्वजनिक गरेको कम जोखिमको देशहरुमा नेपाल भने परेको छैन ।

कतारले युरोपका २७, एशियाका ८, ओसिनियाका २, अफ्रिकाका २ र अमेरिकाको १ देशका नागरिकहलाई अगस्ट १ देखि कतार आउन पाउने सूचीमा राखेको हो । कतारले जारी गरेको सूची अनुसार युरोपका माल्टा, फिनल्यान्ड, हंगेरी, एस्टोनिया, नर्वे, लिथुआनिया, लाटभिया, साइप्रस, आयरल्याण्ड, ग्रीस, इटली, स्लोभाकिया, डेनमार्क, नेदरल्याण्ड्स, जर्मनी, पोल्याण्ड, फ्रान्स, स्लोभेनिया, बेल्जियम, चेक गणतन्त्र, अष्ट्रिया, स्विजरल्याण्ड, आइसल्याण्ड, स्पेन, क्रोएसिया र अन्डोरा रहेको छ । त्यस्तै एशियाका ब्रुनेई दारुसलाम, भियतनाम, चीन, थाईल्याण्ड, मलेशिया, दक्षिण कोरिया, जापान र टर्की रहेका छन भने ओसिनियाका न्यूजील्याण्ड र अष्ट्रेलिया, अफ्रीकाका मोरक्को र अल्जेरिया तथा अमेरिकाको क्यानाडा रहेको छ ।

कतारले सार्वजनिक गरेको पहिलो सूचीमा नेपाल, भारत, पाकिस्तान, बंलादेश, फिलिपिन्स लगायतका देशहरु कोभिडको कम जोखीमको सूचीमा नपरेका हुन् । कतार सरकारले प्रत्येक दुई हप्तामा कम जोखीमा रहेका देशहरुको सूची सार्वजनिक गरिने यहाँबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ ।कतारले जारी गरेको कम प्रभावित देशको सूचीमा नपरेको देशको नागरिकले इन्ट्री परमिट लिनुपर्नेछ । इन्ट्री परमिट पाएर कतार आउन कम्तीमा ४८ घन्टा भित्र जाँच गरि भाइरस नदेखिएको प्रमाणपत्र साथमा ल्याउनुपर्नेछ । हाल नेपालमा २४ घन्टामै नतिजा दिने केन्द्र भने उपलब्ध छैन । कतार आइसकेपछि एक हप्ता होटेल क्वारेन्टाइन बस्नुपर्नेछ । एक हप्ता क्वारेन्टाइनमा बसेपछि सरकारले मान्यता दिएको स्वास्थ्य संस्थामा गएर भाइरस जाँच गर्नुपर्नेछ । भाइरस देखिएमा आइसोलेसन केन्द्रमा लगिनेछ भने भाइरस नदेखिएमा हप्ताको अन्त्यमा काममा फर्किन दिइनेछ । साथै एथेराज एपमा कोड पनि हरियो हुनेछ ।

सार्वजनिक स्वास्थ्य संकेतका नागरिक, सरकारी तथा गैर सरकारी क्षेत्रका अत्यावश्यक कामदार र मानवीय समस्या भएका आप्रवासी नागरिकहरु अगस्ट सुरु भए लगत्तै फर्कन पाउनेछन् । तर तोकिएको प्राथमिकतामा परेका नागरिकले कतार आउन कतार पोर्टलको वेबसाईट मार्फत प्रवेश पत्र (इन्ट्री परमिट) लिनुपर्नेछ । साधारण कामदारको लागि सरकारले तोकेको होटेल क्वारेन्टाइनमा बस्ने खर्च कम्पनीले बेहोर्न पर्ने पनि जानकारीमा उल्लेख गरिएको छ । आफू आउन पाउने नपाउने बारे बुझ्न कम्पनीसंग सम्पर्क गर्न पनि सरकारी सञ्चार कार्यालयले आग्रह गरेको छ । कतार फिर्ती अनुमतिको प्रक्रिया सम्बन्धी जानकारीका लिनका लागि यहाँको ःष्लष्कतचथ या एगदष्अि ज्भबतिज को वेव पेजमा गएर वा हट हटलाइन नम्बर १०९ मार्फत सरकारी सम्पर्क केन्द्रमा सम्पर्क गर्न सकिने उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*