नेकपा, राप्रपा परित्याग गरी २३ जना कांग्रेसमा प्रवेश

हेटौडा टुडे
२२ भाद्र २०७७, सोमबार १४:५०

हेटौंडा ।  हेटौंडा उपमहानगरपालिकाका विभिन्न ४ वडाका नेकपा र राप्रपा पार्टी परित्याग गरी २३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।हेटौंडा ५ सानोपोखरामा सोमबार नेकपा, राप्रपा परित्याग गरी हेटौंडा ५ पिप्ले, राईटोलका १७ जना, हेटौंडा १, २, ४ र १० नम्बर वडाका ६ जना गरी २३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले सदस्यता दिएर कांग्रेसमा स्वागत गर्नुभएको थियो । कांग्रेसमा स्वागत गर्दै नेता बानियाँले योग्यता र क्षमता अनुसार पार्टीमा यथोचित स्थान दिने बताउनुभएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रवक्ता प्रदिप कोइराला, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्यहरु सुनिल दाहाल, सुनिल अधिकारी, क्षेत्र नम्बर १ का संघीय सभापति एवं बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, क्षेत्र नम्बर २ ख का क्षेत्रीय सभापति लोक मुक्तान, ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँ, कांग्रेस हेटौंडा ४ का वडा सभापति हरिप्रसाद पौडेल, ५ का वडा सभापति यमबहादुर श्रेष्ठ, ट्रेड युनियन मकवानपुरकी उपाध्यक्ष शर्मिला श्रेष्ठ, तरुण नेता विकेशलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*