शुक्रबारदेखि हेटौंडा बजार ३ बजे सम्म खुल्ने,निजी सवारीमा जोरविजोर प्रणाली लागू

टुडे संवादाता
२५ भाद्र २०७७, बिहीबार १६:२१

हेटौंडा/जिल्ला प्रशासन कार्यालय मकवानपुरले (शुक्रबार) भोलीदेखि निजी सवारीमा जोरविजोर प्रणाली लागू गरी निषेधाज्ञालाई थप खुकुलो बनाउने भएको छ । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिन थालेपछि निषेधाज्ञा जारी गरेको प्रशासनले खुकुलो बनाउँदै लगेको हो । बुधबार बसेको कोभिड १९ विपद् व्यवस्थापन केन्द्रको बैठकले १३ बुदेँ निर्देशन जारी गर्दै हेटौंडाको मुख्यबजार क्षेत्रमा प्रशासनले भोली भदौ २६ गतेदेखि असोज ५ गतेसम्मलाई निषेधाज्ञा थप खुकुलो बनाउदैं ३ बजे सम्म बजार खुला गर्ने निर्णय गरेको छ ।

जिल्ला भित्रका सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने नीजि सवारीलाई भने जोरविजोर प्रणालीमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ । सहकारी संस्थाको हकमा भने फिल्डमा कर्मचारी जान नपाउने भएका छन्, । उद्योग सञ्चालन गर्नुपरेको अवस्थामा सम्वन्धित उद्योगले सो उद्योग परिसरमा श्रमिक तथा कर्मचारी राख्नुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरि होटल तथा रेष्टुरेन्ट पूर्ण रुपमा बन्द गरिने तर टेक वे सेवा भने बिहान १० बजेबाट ३ बजेसम्म सञ्चालनको अनुमति दिईएको छ । खाद्यान्न, तरकारी र दूधजन्य पदार्थको बिक्री गर्ने पसल बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न दिने उल्लेख छ । ति बाहेकका अन्य पसल व्यवसाय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्ने र यसको संयोजन मकवानपुर उद्योग वाणिज्य संघले गर्ने जनाइएको छ । यस्तै बैंक तथा वित्तिय संस्थाहरुपनि बिहान १० बजेदेखि ३ बजेसम्म मात्र सञ्चालन गर्न भनिएको छ ।

D2-1599637754.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*