चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

हेटौंडा टुडे
३० भाद्र २०७७, मंगलवार ०९:१९

हेटौंडा / ‘विपदमाबालअधिकारको सुनिश्चितता हामी सबैको साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ हिजो  विविध कार्यक्रम गरी राष्ट्रिय बालदिवस मनाइएको छ ।

हेटौंडा उपमहानगरपालिका बाल अधिकार समितिको निर्णय अनुरुप हेटौंडामा अन्तर बालगृहहरु बिच चित्रकला प्रतियोगिता सम्पन्न भएको हो । कोभिड–१९ ले बालबालिकामा पारेको असरका विषयमा प्रतियोगिता सम्पन्न भएको नगर बाल अधिकार समिति सदस्य झबिन्द्र ज्ञवालीले बताउनु भयो । प्रतियोगिता हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा सिविन नेपाल र बालगृहहरुको सञ्जाल (सिनेट) मकवानपुरको समन्वयमा सम्पन्नभएको हो ।

मकवानपुरका १०वटा बालगृहहरु; नारी संरक्षण केन्द्र हेटौंडा ४, एस्थर बेन्जामिन मेमोरियल फाउनण्डेसन हेटौंडा ४, हाम्रो घर हेटौंडा ५,आशिष मय बालगृह हेटौंडा ९,मामाघर नेपाल हेटौंडा ११, अनाथ अपाङ्ग बाल पुन स्र्थापना केन्द्र हेटौंडा १४, आशा नेपाल हेटौंडा ४, ज्योतिको घर नेपाल हेटौंडा १६, नेपालबाल संगठन भिमफेदी शान्त घर हेटौंडा ११ मा संरक्षित जम्मा १९ जना बालबालिकाहरु बिच भएको प्रतियोगितामा नारी संरक्षण केन्द्रकी बालिकामा  प्रजाप्रथम, नेपालबाल संगठन भिमफेदीका बालक राजु थापा मगर द्धितीय र मामाघर नेपालमकवानपुरका बालक सुमन अछामी तृतीयभएको प्रतियोगिताका प्रमुख निर्णायक सूर्य नारायण श्रेष्ठले जानकारी दिनुभयो । बिजेताहरु र सहभागीबालबालिकाहरुलाई प्रोत्साहन स्वरुपसिविनमकवानपुरले पुरस्कारको व्यवस्थापनगरिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख महिला विकास अधिकृत विष्णु कुमारी लामिछानेले बताउनुभयो ।

दुई चरणमा सम्पन्न चित्रकला प्रतियोगितामा प्रथम चरणमा सबै बालगृहहरुले आआफ्नो बाल गृहमारहेका सबै बालबालिकाहरु बिच आन्तरिक प्रतिस्पर्धा गराइ त्यस मध्ये २ उत्कृष्ट चित्रलाई छनोट गरी दोस्रो चरणमा १० वटै बालगृहकातीउत्कृष्ट चित्रहरु बिच प्रतिस्पर्धा भई अन्तिमनतिजा सार्वजनिकगरिएको हो ।

त्यस्तै बकैया गाउँपालिका वडा नं. ५ कर्मचुलीमा किशोरीहरुको पहलमा बालबालिकाहरु बिच वक्तृत्वकला प्रतियोगिता सम्पन्नभएको छ । “बालबालिकाको बालअधिकार” भन्ने विषयमाआयोजित प्रतियोगिता गन्तव्य किशोरी समूहको आयोजना र सिविनमकवानपुरको सहयोगमा भएको गन्तव्य किशोरकिशोरी सशक्तिकरण केन्द्रकी सहजकर्ता सुनिता मोक्तानले बताउनुभयो ।किशोरी समूहअध्यक्ष मन्दिरा दोङको सभाध्यक्षतामा सम्पन्नप्रतियोगितामा ११ जनाबालबालिकाहरुको सहभागिता रहेको समूहकी सचिव नेहालामाले बताउनुभयो । प्रतियोगितामा विजयी हुने हरुमा बिनिता लकाई प्रथम, आशिका दोङ द्धितीय र सृष्टि मगर तृतीय भएका भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*