
६ असोज, हेटौंडा ।
असोजको पहिलो साता हेटौँडामा हुने भनिएको तेस्रो मिस्टर मकवानपुर प्रतियोगिताको मिति सरेको छ ।
मकवानपुर बडी विल्डिङ एण्ड फिटनेश एसोशिएशन मकवानपुरको आइतबार बसेको विशेष बैठकले तेस्रो साता हुने भनेको प्रतियोगिता मंसिरमा गर्ने निर्णय गरेको हो । मकवानपुरमा समस्याको रुपमा रहेको डेंगुले प्रतियोगीहरु विरामी परेका कारण सहभागी हुन नसक्ने भएपछि प्रतियोगिताको मिति सार्नुपरेको एशोसियसनका सचिव सुजन श्रेष्ठले बताए । २ दिन सम्म चल्ने प्रतियोगितामा विभिन्न तौल समूहमा हुने प्रतिस्पर्धाको विजेताले मोटरसाईकल प्राप्त गर्ने छन् ।
प्रतियोगिताको विभिन्न तौल समुहमा पहिलो हुने प्रतियोगीलाई नगद १० हजार र प्रतियोगिताको फस्ट रनरअप र सेकेन्ड रनर अपलाई विशेष पुरस्कारको व्यवस्था गरिएको एसोसिएसनका अध्यक्ष राजेश भेटवालले बताए ।
हेटौंडा स्कुल अफ म्यानेजमेन्टको मुख्य प्रायोजन रहेने प्रतियोगितामा विजेताले मोटरसाइकल र आइ एमइ इन्सुरेन्सले प्रतियोगिहरुको ५ लाख बराबरको विमा गरेको छ । १० लाख रुपैंया खर्च हुने प्रतियोगितामा जिल्लाभरबाट ३० भन्दा बढि वडी विल्डर्स सहभागी हुने अपेक्षा गरिएको छ ।

