पुस २२ , हेटौडा
मकवानपुरका एक सामाजिक अभियन्नताको रुपमा देशमै परिचित ब्यक्ति सुरेस मुडभरिले महाबिर पुनलाई कर्णालिको दाल गेडागुडि सिमि बेचेर सहयोग गर्ने बताएका छन ।
पछिल्लो समय नेपालका बैज्ञानिकको रुपमा परिचित ब्यक्ति महाबिर पुनले राष्ट्रिय आबिस्कार केन्द्रको रुपमा बिकास गर्न थालेको खबरले आफुहरु खुसि भएको र बैंकले ऋण नपत्याएको खबरले आफुहर दुखि भएको बताएका छन । नेपाल नेपालिका लागि गौरबको बिषय रहेको उक्त योजनाका लागि आफुहरुले सक्दो सहयोग गर्ने बताएका हुन । कर्णालिका किसानले उत्पादन गरेको गेडागुडिहरुले उतिच बजार नपाएको र बजार सम्म नआईपुगेको परिप्रेक्ष्यमा आफहरुले यो कार्य गरेको गर्न लागेको बताएका छन । बिगतका बर्षहरुमा कर्णालिमा उत्पादन गरिएका दाल गेडागुडि त्यहिको कूहिएकाले यो साल आफुहरुले कर्णालिमा उत्पादन गरिएको गेडागुडिहरुलाई काठमान्डौ सहित देशका ठुला शहरहरुमा उपभोक्ताको भान्सा सम्म पुराउने र उक्त गेडागुडिलाई बेचबिखन गरेको पैसा प्रति के. जि. ५ रुपैयाका दरले महाबिर पुनलाइ राष्ट्रिय आबिस्कार केन्द्रका निर्माणको निम्ति सहयोग गर्ने मुडभरिले हेटौडा टुडेलाई जानकारि दिएका छन ।
दैनिकि रुपमा भान्सामा खपत हूने दाल गेडागुडिहरु भारत बाट आयात हुने र महंगो पनि पर्ने हुदा नेपालमै उत्पादन भएका खाध्यन्नले भने ढुवानिको कारणले गर्दा किसान उचित मुल्य नपाईराखेको कुरा सबैमा सर्ब बितितै छ । तर पनि कर्णलिमा उत्पादन गरिएको दाल ,गेडागुडि सिमि अर्गानिक र गुणस्तरिय रहेकाले मानब स्वास्थ्यको लागि लाभकर भएकाले आफुले उक्त दाल गेडागुडि सिमि सुरुमा १५ क्विनटेल ल्याउने र ब्यापारिलाई नदिई सिधै उपभोक्ता भान्सामा पुराउने बताएका छन । आफुले गरेको यो अभियानले स्बेदेशि उत्पादको प्रर्बद्धन संगै राष्ट्रिय आबिस्कार केन्द्र बन्नका निम्ति महाबिर पुनलाइ कै सहयोग हूने र नेपाल सुचना र प्रबिधिको क्षेत्रमा कै अधि बड्ने बिश्वास ब्यक्त गर्दछन । साथै यो अभियानमा आफुले गरेको कामले एउटा ईटको काम हुने बताउदै सारा नेपालिलाई आ आफ्नो तर्फबाट सहयोग गर्न मुडभरिले अपिल गरेका छन ।