प्रहरी जवान काशी र पन्त सहित अन्य जना ४ हवल्दारमा बढुवा

हेटौंडा टुडे
९ माघ २०७६, बिहीबार १९:२२

जिल्ला ट्रफिक कार्यालय मकवानपुरमा कार्यारत ट्राफिक प्रहरी काशी थापा मगर र इन्द्र पन्त सहित चार जना प्रहरी जवानको हवल्दार पदमा बढुवा भएको छ।ट्राफिक प्रहरीमा कार्यरत ४ जनालाई मकवानपुरका एसपी सुशील सिह राठौरले कार्यालयमा दज्र्यानी चिन्ह प्रदान गरेका हुन।

नेपाल प्रहरी पदमा २०६३ सालमा बुटवलबाट प्रवेश गरेका काशी पोखरा, मकवानपुरको सिस्नेरी हुँदै हेटौडा आएका हुन। प्रहरी पदमा रहेर इमान्दारिता पुर्वक काम गर्दै आएका काशी हेटौडामा कार्यरत रहेका हुन।

त्यस्तै नेपाल प्रहरी पदमा २०६३ सालमा प्रवेश गरेका इन्द्र पन्तलाई पनि प्रहरी प्रमुख एसपी सुशील सिह राठौरले कार्यलयमा दर्जन्य चिन्ह प्रदान गरेका हुन।
पन्तले प्रहरी पदमा रहेर सधै कामलाइ प्राथामिकता दिदै आएर ६४ सालमा जिल्ला ट्राफिक कार्यालय चितवन पोष्टिङ्ग भएका हुन।
पन्त रौटहट , रामेछप ,काठमाण्डौ बग्गिखना, विमानस्थल लगायतका स्थान हुँदै २०७० सालमा मकवानपुर आएका थिए।

आज एक कार्यक्रममा बीच प्रहरी प्रमुख राठौर , इन्स्पेक्टर ललन प्रसाद कुर्मी, अमर प्रसाद गज्मेर, वडा प्रहरीका प्रमुख इश्वरी प्रसाद भण्डारी, ट्राफिक प्रमुख हरि विष्णु ढकाल ट्राफिक प्रहरी, प्रहरी जवानको सहभागीता रहेको थियो।

source:nirantarnews

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*