हेटौँडामा अन्तर विद्यालय टि १० क्रिकेट प्रतियोगिता माघको २७ गतेबाट हुने

हेटौंडा टुडे
१५ माघ २०७६, बुधबार २०:४६

हेटौँडा१५, माघ /हेटौँडामा झमकमाया स्मृति कप अन्तरविद्यालय टि १० क्रिकेट प्रतियोगिता माघको २७ गतेबाट हुने भएको छ । हेटौँडाको न्युज क्लब नेपालमा भएको पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको बारेमा जानकारी दिईएको हो ।

हेटौंडामा रहेको सोलीड्यारिटी इन्टरनेशनल एकेडेमीका संस्थापक अध्यक्ष ऋषिराम आचार्यका आमा स्व. झमकमाया स्मृति कपको रुपमा अन्तरविद्यालयबीच प्रतियोगिता हुने विद्यालयका सहायक प्रध्यानाध्यापक एस.के निधनले बताए ।

मदन भण्डारी स्पोर्ट एकेडेमी मकवानपुरको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको ब्यवस्थापकीय पक्ष भने मदन भण्डारी स्र्पोट्स एकेडेमीले गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।

प्रतियोगितामा विजेताले २० हजार र उपविजेताले नगद १० हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

लोकतान्त्रिक चौर हुप्राचौरमा हुने प्रतियोगितामा मकवानपुरका सामुदायिक विद्यालय र नीजि विद्यालयले सहभागिता जनाउन सकिने जनाइएको छ । पत्रकार सम्मेलनमा विद्यालयका संस्थापक ऋषिराम आचार्य, स्पोर्ट एकेडेमीका केन्द्रीय सदस्य नविन सिग्देल, जिल्ला अध्यक्ष निरजसिंह ठकुरी लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*