राँको लिएर उत्रिए रोडमा तरुण र नेपाल विद्यार्थी संघ (भिडियो सहित)

फागुन २०हेटौंडा, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल मकवानपुरले हेटौंडामा आज मुल्यबृद्धिको विरोधमा   राँके जुलुस निकालेको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धिको विरोधमा मंगलबार साँझ राँके जुलुस निकालेको हो । नेविसंघका महामन्त्री प्रभात दाहालको नेतृत्वमा निकालिएको राँके जुलुसमा मूल्य बृद्धि फिर्ता हुर्ने, महंगी नियन्त्रण हुनुपर्ने, भ्रष्टाचारीलाई कारवाही हुनुपर्ने लगायतका नारा लगाईएको थियो । जुलुस नेपाली कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको राँके जुलुस बुद्धचोकमा पुगेर टुंगिएको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । हेर्नुहोस तस्बिरहरु , यो पनि हेर्नुहोस भिडियो,