फागुन २०हेटौंडा, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल मकवानपुरले हेटौंडामा आज मुल्यबृद्धिको विरोधमा राँके जुलुस निकालेको छ ।
सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धिको विरोधमा मंगलबार साँझ राँके जुलुस निकालेको हो । नेविसंघका महामन्त्री प्रभात दाहालको नेतृत्वमा निकालिएको राँके जुलुसमा मूल्य बृद्धि फिर्ता हुर्ने, महंगी नियन्त्रण हुनुपर्ने, भ्रष्टाचारीलाई कारवाही हुनुपर्ने लगायतका नारा लगाईएको थियो ।
जुलुस नेपाली कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको राँके जुलुस बुद्धचोकमा पुगेर टुंगिएको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
हेर्नुहोस तस्बिरहरु ,
यो पनि हेर्नुहोस भिडियो,
सेयर गर्नुहोस्