मकवानपुरगढीमा पशुपालनसम्बन्धी सीपमूलक तथा वित्तीय साक्षरता तालिम सुरु

हेटौंडा टुडे
२०८३ बैशाख २९, मंगलवार ११:१९ गते

हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा व्यवसाय केन्द्रित सीपमूलक साक्षरता तथा उद्यमशीलता गाई तथा भैंसी पालन (पशुपालन)  कार्यक्रम हिजो सोमबार देखि सुरु भएको छ। कार्यक्रम हिजो र आज  दुई दिन सम्म सञ्चालन हुने छ। सोमबार भएको कार्यक्रममा सभापतित्व नबिल बैंक लिमिटेड, मकवानपुरगढी शाखाका शाखा प्रबन्धक श्री सुदर्शन अर्यालले गर्नु भएको थियो तेस्तै  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा इन्जिनियर श्री सुदन लामिछाने प्रमुख आतिथ्यतामा कार्यक्रम  सम्पन्न भएको थियो  । कार्यक्रममा पशु शाखा प्रमुख श्री सत्यनारायण साह र पशु प्राविधिक श्रीमती सृजना सुवेदीले प्रशिक्षकको भूमिका निर्वाह गर्दै सहभागीहरूलाई प्राविधिक ज्ञान प्रदान गर्नु भएको थियो ।

कार्यक्रम बारे नबिल बैंकका प्रतिनिधिले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै ग्रामीण समुदायमा उद्यमशीलता विकास, आयआर्जन वृद्धि तथा आत्मनिर्भरता अभिवृद्धि गर्नु मुख्य लक्ष्य रहेको बताउनु भयो । तालिममा विशेषगरी प्राविधिक सीप विकास र वित्तीय साक्षरतामा जोड दिइएको थिईयो । सहभागीहरूलाई पशुपालन व्यवसायको वैज्ञानिक व्यवस्थापन, लागत नियन्त्रण, आम्दानी वृद्धि तथा बैंकिङ सेवाको प्रभावकारी उपयोगसम्बन्धी ज्ञान प्रदान गरिएको थियो । कार्यक्रम बारे बोल्दै गाउँपालिका  प्रमुख प्रसासकिय अधिकृत एवम अतिथि श्री सुदन लामिछानेले यस्तो तालिमले ग्रामीण क्षेत्रको आर्थिक गतिविधि सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।

नबिल बैंक बैंक मकवानपुरगढी शाखाका शाखा प्रबन्धक श्री सुदर्शन अर्यालले बैंक तथा वित्तीय संस्थाहरूले समुदायमा वित्तीय पहुँच विस्तार र उद्यमशीलता प्रवर्द्धनमा योगदान दिइरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञानले आफ्नो व्यवसाय विस्तारमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। नबिल बैक लिमिटेड मकवानपुरगढी शाखा र मकवानपुरगढी गाउँपालिकाको अयोजना रहेको कार्यक्रममा ४० जना कृषकहरुको उपस्थिति रहेको नबिल बैन्क मकवानपुरगढिका शाखा प्रमुख सुदर्शन अर्यालले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*