हेटौडा । कृषि विकास कार्यालय चितवनको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्तर्गत हिजो बिहिबार मकवानपुरगढी गाउपालिका वडा नम्बर ८ मा एक कार्यक्रम समपन्न भएको छ । कृषि विकास कार्यालय चितवनले मकवानपुरगढी गाउँपालिकासंगको सहकार्यमा बुढीचौरका तरकारी तथा फलफूल कृषक समुह बीच तरकारी खेती उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन भएको हो ।
जसमा कुल योजना रकम मध्ये कृषि विकास कार्यालयको 60 प्रतिसत गाउँपालिकाको 20 प्रतिसत र कृषक समूहको 20 प्रतीशत लगानीमा सञ्चालन भईरहेको हो पाँच वर्ष सम्म निरन्तर भइराख्ने कार्यक्रम यो कार्यक्रम त्यगढी ८ मा पहिलो वर्ष सञ्चालन हुदै छ ।
यस वर्ष उत्पादनमा जोड दिन कृषकहरुलाई मलखाद, सुक्षम खाद्य तत्व, बाली संरक्षण साम्रगी, मल्चिङ प्लास्टिक, टनेल निर्माण र थोपा सिंचाई जडान र कृषी यन्त्र उपकरणमा अनुदान र तालिम कार्यक्रममा सहयोग रहेको पछिल्ला वर्षहरूमा उत्पादन सँगै बजारीकरणसम्म जोड्न सकिने लक्ष्य लिईएको छ यो कार्यक्रमको सम्झौता अनुसार सम्पन्न भई हिजो बिहिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो



















