आलुको भात आलुकै तरकारी अनि आलुकै अचार खान पर्ने अवस्था छ: सांसद प्रशान्त उप्रेती

हेटौंडा टुडे
२०८३ जेष्ठ ५, मंगलवार १६:५९ गते

हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रशान्त उप्रेतीले संसद्मा थाहा नगरपालिकामा किसानले दुख गरेर उत्पादन गरेका आलुको भाउँ नभएको र सस्तो मोलमा बेच्न पनि सडक राम्रो नभएकोले गाडि आएर लेर जान सक्ने अवस्था नभएको कारण आलुको भात आलुकै तरकारी अनि आलुकै अचार खान पर्ने अवस्था रहेको बताएका छन्।

साथै, उनले कैलाश गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, इन्द्रसारेवर, भिमफेदि गरी प्राय सबै क्षेत्रको सडकको अवस्था बिजोक बताएका छन्। त्यहाका सर्वसाधारणहरु बिरामी भएर एम्बुलेन्स बोलाउनु पर्दा भनेको बेला टावर नहुने अनि बल्ल बल्ल फोन लागिहाल्यो भने पनि बाटोकै कारण एम्बुलेन्स आउन नसक्ने अवस्था भएको उनले संसद्मा गुनासो राखेका छन्।

त्यसैगरी, उनले सरकारलाई ठेक्कामा गएका सडकहरुको ठेकेदाहरुलाई बोलाएर उचित कारबाहि र व्यवस्थापन गर्नको लागि अनुरोध गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*