हेटौंडामा अटो-मयुरीको मनपरी, कारवाही गर्दैन ट्राफिक,उपमहानगरपालिकाको काम भन्दा कुरा ठुला
चैत्र ३ हेटौंडा /बगमति प्रदेशको राजधानी हेटौंडामा ३ पाङग्रे सवारी अर्थात् अटो तथा मयुरी करिब ३ हजार भन्दा बढी छन् । ३ हजारमा आधा भन्दा बढी सवारीका चालकको चालक अनुमति पत्र लाईसेन्स नै छैन । अहिले हेटौंडामा यस्ता ३ पाङ्ग्रे सवारीको मनलाग्दी चलिरहेको छ । हेटौंडामा चल्ने अटो तथा मयुरीको मनलाग्दी भाडाले त अझ यात्रु हैरान छन् । साझ पर्ने बित्तिकै र पानी परेका बेला यस्ता सवारीको भाडादर ह्वात्तै ४ गुणाले बढ्छ । तर यहाँ चल्ने यस्ता अटो,मयुरीलाई नियन्त्रण गर्न, सवारी नियम उल्लङ्घन गर्नेलाई कारवाही गर्न न ट्राफिकले चासो देखाउछ न त हेटौंडा उपमहानगरपालिकाले , एक त साँघुरो सडक, अर्को तर्फ अत्याधिक सवारी, त्यसमाथि टाइमपासको रुपमा घरका बाउ,आमा,छोरा,छोरी सबैले हेटौंडामा अटो हुईक्याउछन् । हेटौंडामा चल्ने अटोहरुले सडकमा छुट्टै खाले स्टन्ड देखाउने गर्छन् । तर त्यसलाई नियाल्ने र कारवाही गर्ने कुनैपनि निकाय मौन छ । हेटौंडा उपमहानगरपालिकाको काम भन्दा कुरा मात्र ठुलो हेटौंडा उपमहानगरपालिकाको काम भन्दा कुरामात्र ठूला हुने गर्छन् । कार्यपालिकाको बैठकले निर्णय गरेका कुरा प्राय कुनैपनि लागु हुदैनन् । केहि समय अघि हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकबाटै हेटौंडाका मुख्य बजारमा ३ पाङ्ग्रे सवारीलाई रोक लगाउने निर्णय भएको थियो । हेटौँडाको मेनरोड, सिमाचोक, पिपलबोट, राप्तिरोड, बुद्धचोकदेखि कान्तिलोकपथको ओम भवनसम्म ३ पाङ्ग्रेलाई प्रवेशमा रोक लगाउने निर्णय भयो तर त्यो लागु भएको छैन … Continue reading हेटौंडामा अटो-मयुरीको मनपरी, कारवाही गर्दैन ट्राफिक,उपमहानगरपालिकाको काम भन्दा कुरा ठुला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed