अटो तथा मयुरीको मनपरि

हेटौंडामा अटो-मयुरीको मनपरी, कारवाही गर्दैन ट्राफिक,उपमहानगरपालिकाको काम भन्दा कुरा ठुला

हेटौंडा टुडे संवादाता
३ चैत्र २०७६, सोमबार १७:३८

चैत्र ३ हेटौंडा /बगमति प्रदेशको राजधानी हेटौंडामा ३ पाङग्रे सवारी अर्थात् अटो तथा मयुरी करिब ३ हजार भन्दा बढी छन् । ३ हजारमा आधा भन्दा बढी सवारीका चालकको चालक अनुमति पत्र लाईसेन्स नै छैन । अहिले हेटौंडामा यस्ता ३ पाङ्ग्रे सवारीको मनलाग्दी चलिरहेको छ ।

हेटौंडामा चल्ने अटो तथा मयुरीको मनलाग्दी भाडाले त अझ यात्रु हैरान छन् । साझ पर्ने बित्तिकै र पानी परेका बेला यस्ता सवारीको भाडादर ह्वात्तै ४ गुणाले बढ्छ । तर यहाँ चल्ने यस्ता अटो,मयुरीलाई नियन्त्रण गर्न, सवारी नियम उल्लङ्घन गर्नेलाई कारवाही गर्न न ट्राफिकले चासो देखाउछ न त हेटौंडा उपमहानगरपालिकाले ,

एक त साँघुरो सडक, अर्को तर्फ अत्याधिक सवारी, त्यसमाथि टाइमपासको रुपमा घरका बाउ,आमा,छोरा,छोरी सबैले हेटौंडामा अटो हुईक्याउछन् । हेटौंडामा चल्ने अटोहरुले सडकमा छुट्टै खाले स्टन्ड देखाउने गर्छन् । तर त्यसलाई नियाल्ने र कारवाही गर्ने कुनैपनि निकाय मौन छ ।

हेटौंडा उपमहानगरपालिकाको काम भन्दा कुरा मात्र ठुलो

हेटौंडा उपमहानगरपालिकाको काम भन्दा कुरामात्र ठूला हुने गर्छन् । कार्यपालिकाको बैठकले निर्णय गरेका कुरा प्राय कुनैपनि लागु हुदैनन् । केहि समय अघि हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकबाटै हेटौंडाका मुख्य बजारमा ३ पाङ्ग्रे सवारीलाई रोक लगाउने निर्णय भएको थियो । हेटौँडाको मेनरोड, सिमाचोक, पिपलबोट, राप्तिरोड, बुद्धचोकदेखि कान्तिलोकपथको ओम भवनसम्म ३ पाङ्ग्रेलाई प्रवेशमा रोक लगाउने निर्णय भयो तर त्यो लागु भएको छैन । समिति नै बनाएर यस्ता सवारीलाई नियन्त्रण गर्ने भनि कुरा भए तर काम भएन ।

ट्राफिकको काम टुलुटुलु हेर्ने

बागमती प्रदेशको राजधानी हेटौंडामा कुनैपनि सवारी नियमको कडीकडाउ पालना हुदैन । यसको निगरानी गर्ने ट्राफिक प्रहरी भएपनि यहाँको ट्राफिक नाम मात्रैका छन् । नचाहिने ठाउँमा चिट काट्न हतारिने ट्राफिकले यहाँका लाइसेन्स बिनानै चलाईने अटो मयुरीलाई कुनै कारवाही गर्दैन । ३ देखि ४ जनाको क्षमता भएको सवारीमा ६-७ जना कोचेर आफ्नै आँखा अघि दौडिदा समेत सडकमा बस्ने ट्राफिक मौन बस्छ । जसले गर्दा यहाँ चल्ने ३ पांग्रे सवारीको मनलाग्दी चल्ने गरेको छ ।

यस्ता सवारीको मनपरीका कारण दैनिक यात्रु हैरान भैरहेका छन् । अर्को तर्फ दुर्घटना हुने अत्याधिक सम्भावना यस्तै सवारीमा देखिन्छ । हेटौंडामा अधिकांस दुर्घटना मोटरसाइकल र अटोमै हुने गरेको छ । हेटौंडामा पछिल्लो समय अत्याधिक सवारी जाम पनि हुने गरेको छ । त्यसको मुख्य कारण अटो तथा मयुरी नै हुन् ।

तर यसप्रति सम्बन्धित कुनै निकायको पनि ध्यान पुग्न सकेको छैन । हेटौंडा उपमहानगरपालिकाले निर्णय गर्छ तर आफैले गरेको निर्णय कार्यन्वयन गर्न सक्दैन । अर्को तर्फ ट्राफिक सडकमा त बस्छ तर ट्राफिक व्यवस्थापन चुस्त राख्न र यस्ता मनलाग्दी गर्ने सवारीलाई कारवाही गर्न ट्राफिक प्रहरीले सकेको छैन ।यस बिषयमा सम्बन्धित सबै निकायको चाडै ध्यान पुग्नु जरुरि छ ।स्रोत :bagamatikhabar.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*