सुनको मूल्य एकैदिन ३ हजार ३ सय रुपैयाँले घट्यो

हेटौंडा टुडे
२०८३ जेष्ठ ६, बुधबार ११:५६ गते

हेटौंडा। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार तीन सय रुपैयाँले घटेर दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने सुन प्रतितोला दुई लाख ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १२५ रुपैयाँले घटेर चार हजार ९६० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी तोलामा पाँच हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*