चार सय पचास विपन्न परिवारलाई गढी गाउँपालिकाले राहत बाड्दै
चैत्र २४ हेटौंडा / मकवानपुर गढि गाउपालिकाले लकडाउनको समयमा समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी गर्दै आएकाका परिवारहरुलाई राहत स्वरुप आजबाट खाद्यान्न वितरण सुरु गरेको छ । मकवानपुर गढि गाउपालिकाको ८ नम्बर वडा बाहेक सबै वडामा भोलि सम्ममा करिब चार सय पचास घरधुरिमा राहत बाड्ने कार्यक्रम रहेको छ । जस मध्य एक नम्बर वडामा ४५ घरधुरि , २ नम्बर वडामा ८७ घरधुरि, ३ नम्बर वडामा ६३ घरधुरि, ४ नम्बर वडामा ४२ घरधुरि, ५ नम्बर वडामा ३२ घरधुरि, ६ नम्बर वडामा ५९ घरधुरि, ७ नम्बर वडामा ८७ घरधुरि र आठ नम्बर वडामा कति परिवार विपन्न र दैनिक ज्यालादारी तथा आश्रित घर रहेको छ भन्ने डाटा आउन बाकि रहेको र करिब पैतिस चालिस परिबार हून सक्ने अनुमान गरिएको गढि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले हेटौडा टुडेलाई जानकारि दिनुभयो । राहत वितरण कार्यक्रमलाई सहज तथा पारदर्शी बनाउने उदेश्यले गाउपालिकाले छनौट गर्नको लागि श्रमिक बर्ग , कमाई खान जग्गा जमिन नहुने ,ब्यापार ब्यबसायमा संग्लन नभएका , बैदेसिक मुलुकबाट रेमिटन्स प्राप्त नगरेका तथा सरकारि सुबिधा प्राप्त नगरेकाको परिवारहरुलाई मात्र उक्त राहत वितरण गरिएको अधिकृत पुडासैनीले बताउनु भयो । राहत वितरण छनौट गर्नको लागि वडा सदस्यहरु , वडाहरुमा गठन गरिएका टोल विकास संस्थाका प्रतिनिधिहरुसँग समन्वय गरि नाम संकलन गरिएको वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेले … Continue reading चार सय पचास विपन्न परिवारलाई गढी गाउँपालिकाले राहत बाड्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed