चार सय पचास विपन्न परिवारलाई गढी गाउँपालिकाले राहत बाड्दै

हेटौंडा टुडे
२४ चैत्र २०७६, सोमबार १९:२९

चैत्र २४ हेटौंडा /

मकवानपुर गढि गाउपालिकाले लकडाउनको समयमा समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी गर्दै आएकाका परिवारहरुलाई राहत स्वरुप आजबाट खाद्यान्न वितरण सुरु गरेको छ ।

मकवानपुर गढि गाउपालिकाको ८ नम्बर वडा बाहेक सबै वडामा भोलि सम्ममा करिब चार सय पचास घरधुरिमा राहत बाड्ने  कार्यक्रम रहेको छ । जस मध्य एक नम्बर वडामा ४५ घरधुरि , २ नम्बर वडामा ८७ घरधुरि, ३ नम्बर वडामा ६३ घरधुरि, ४ नम्बर वडामा ४२ घरधुरि, ५ नम्बर वडामा ३२ घरधुरि, ६ नम्बर वडामा ५९ घरधुरि, ७ नम्बर वडामा ८७ घरधुरि र आठ नम्बर वडामा कति परिवार विपन्न र दैनिक ज्यालादारी तथा आश्रित घर रहेको छ भन्ने डाटा आउन बाकि रहेको र करिब पैतिस चालिस परिबार हून सक्ने अनुमान गरिएको गढि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले हेटौडा टुडेलाई जानकारि दिनुभयो ।

राहत वितरण कार्यक्रमलाई सहज तथा पारदर्शी बनाउने उदेश्यले गाउपालिकाले छनौट गर्नको लागि श्रमिक बर्ग , कमाई खान जग्गा जमिन नहुने ,ब्यापार ब्यबसायमा संग्लन नभएका , बैदेसिक मुलुकबाट रेमिटन्स प्राप्त नगरेका तथा सरकारि सुबिधा प्राप्त नगरेकाको परिवारहरुलाई मात्र उक्त राहत वितरण गरिएको अधिकृत पुडासैनीले बताउनु भयो ।

राहत वितरण छनौट गर्नको लागि वडा सदस्यहरु , वडाहरुमा गठन गरिएका टोल विकास संस्थाका प्रतिनिधिहरुसँग समन्वय गरि नाम संकलन गरिएको वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरेले बताउनु भएको छ ।

राहत बितरणको कार्यक्रम गर्दा ३ जनासम्म परिवार संख्या भएको परिवारलाई चामल १० केजी , दाल २ केजी , नुन १ पाकेट र तेल आधा लिटर , यसैगरी ४ देखि ५ जना परिवार संख्या भएको परिवारलाई चामल १५ केजी , दाल ३ केजी , नुन २ पाकेट र तेल १ लिटर वितरण गरिएको छ । ५ जना भन्दा धेरै परिवार संख्या भएकालाई प्रती परिवार चामल २५ केजी , दाल ४ केजी , नुन ३ पाकेट र तेल १।५ लिटर वितरण गरिएको  छ ।

राहत वितरण कार्यक्रम आज गढि गाउपालिकाको ३ नम्बर र ४ नम्बर वडाका स्थानियहरुलाई बितरण गरिएको थियो र राहत भालि पनि बाकि वडाहरुमा बितरण हुने कार्यक्रम रहेको अधिकृत पुडासैनीले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*