फ्रान्स : ‘लकडाउन’ केही खुकुलो, सार्वजनिक गाडी र स्कुलमा मास्क अनिवार्य

टुडे संवादाता
१७ बैशाख २०७७, बुधबार १०:१५

बैशाख १७ ,काठमाण्डौ /फ्रान्समा गएको मे महिनाको ११ तारिखदेखि लगाइएको लकडाउन केही खुकुलो बनाइएको छ । लकडाउन खुकुलो बनाइए पनि व्यक्तिगत दुरी पालना गर्नै सामाजिक प्रतिबन्धको ख्याल गर्नुपर्ने छ ।

लकडाउन खुकुलो बनाइएपछि सार्वजनिक यातायात र विद्यालयमा अनिवार्य रुपमा मास्क (मुखावरण) लगाउनु पर्नेछ । यसका साथै सार्वजनिक स्थानमा १० जनाभन्दा धेरै जम्मा हुन पाउने छैनन् ।

फ्रान्समा कोरोना भाइरस (कोभिड १९) बाट अहिलेसम्म २३ हजार ६ सय ६० जनाभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै एक लाख २९ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।

यद्यपि पछिल्ला केही दिनमा अस्पताल र सघन उपचार कक्ष (आईसीयू) मा भर्ना हुने बिरामीको सङ्ख्यामा पनि कमी आएको बताइएको छ ।

काेराेनाकाे कारण अहिलेसम्म विश्वभर ३१ लाख ३८ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएकाे छ । सङ्क्रमितमध्ये ९ लाख ५५ हजारभन्दा बढी उपचारपछि निकाे भएका छन् । त्यस्तै दुई लाख १७ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ ।

सङ्क्रमितमध्ये १९ लाख ६४ हजारभन्दा बढीकाे उपचार भइरहेकाेमा ५६ हजारभन्दा बढीकाे अवस्था गम्भीर छ भने बाँकी १९ लाखभन्दा बढीकाे अवस्था सामान्य छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*