दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा प्रवेश

हेटौडा टुडे
२२ बैशाख २०७७, सोमबार १२:०८

बैशाख २२, हेटौडा

सन् २०१४ मा उच्च शिक्षा अध्ययनका सिलसिलामा अमेरिका गएका दिवेश पोखरेल हाल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको   टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

निर्णायकहरुको तारिफ पाउँदै आएका दिवेश अमेरिकन आइडलको अडिसनदेखि सबैको मन जितेका छन । उनलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ । टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको उल्लेख गर्दे अहिले तपाईंहरुका लागि गाउन पाउँदा र मेरो आवाज तपाईंसम्म पुर्‍याउन पाउँदा स्वयम आफूलाई भाग्यमानी महसुस गरेका छन र आफुलाई भोट दिनुहुने सबैप्रति आभारी ब्यक्त गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*