मनहरी गाउँपालिका ५ को असारे विकास नमूना, करोड सक्याउन हिलोमाथि नै ढलान (भिडियोसहित)

असार ११,हेटौंडा/आर्थिक वर्षको अन्तिममा बजेट फछ्र्यौट गर्नकै लागि हुँदै आएको विकास निर्माणको काम प्रभावकारी र दीगो नभएको धेरै उदाहरणहरु हामीले देख्दै र भोग्दै पनि आएका हौं । बजेट खल्तीमा हाल्नकै लागि गरिने यस्ता देखावटी विकासमाथि सरोकारवाला निकाय पनि मुकदर्शक बन्ने गरेका छन् । असारे विकासकै एउटा नमूना यसवर्ष मकवानपुरको मनहरी गाउँपालिका–५ नम्बर वडाको दरदरा–डिल्लीपुर जोड्ने सडकमा बनाउन लागिएको स्ल्याब ढलानमा देखिएको छ । गाउँपालिकाले निकालेको करिब २ करोड रुपैयाँको ठेक्कामा ४० प्रतिशत बिलोमा ठेक्का हाली १ करोड १० लाखमै सम्झौता गरेको काठमाडौंको एचबी मेघा कन्स्ट्रक्सनले लापरबाहीपूर्ण तरिकाले हिलो माटोमाथि ढलानको मसला हालेर पुरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा देखिएअनुसार हिलो र पानी जमेको सडकमाथि कामदारहरुले सिमेन्ट, गिट्टी बालुवाको घोल हालिरहेका छन् । प्राविधिक ज्ञान नभएका स्थानीयले पनि ठेकेदार कम्पनीको काममा लापरबाही भएको प्रष्ट ठम्याएका छन् । उनीहरुले त्यहाँ काम गतिलो नभएको भन्दै आपत्ति जनाइरहेको पनि भिडियोमा देखिन्छ । यस्तो लापरबाहीपूर्ण कामको भिडियो र फोटो बाहिरिएपछि हामीले गाउँपालिकाका जनप्रतिनिधिलाई सम्पर्क गरी काममा भइरहेको लापरबाहीबारे सोधेका थियौं । गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष शुभराज थिङ ले भने काम भर्खर सुरु गरिएको र सबै प्राविधिक प्रक्रिया पु¥याएको भन्ने जानकारीमा आएको बताए । ‘साथीहरुसँग कुरा गर्दा सबै हालेर गरेका छौं । हेर्दा राम्रै छन् भन्छन् साथीहरु, केही साथीहरुले फोटो … Continue reading मनहरी गाउँपालिका ५ को असारे विकास नमूना, करोड सक्याउन हिलोमाथि नै ढलान (भिडियोसहित)